जलविद्युत लगानी तथा विकास कम्पनीको हकप्रद हकप्रद सेयर भर्ने आज अन्तिम दिन

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनीको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी गरेको १ः१ अनुपातको हकसेयर भर्ने म्याद भदौ ८ गते समाप्त हुँदैछ ।

कम्पनीले साउन ५ गते ११ करोड कित्ता हकप्रद सेयर जारी गरेको थियो । यसका लागि कम्पनीले जेष्ठ २८ गते बुक क्लोज गरेको थियो । उक्त दिनसम्म सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन पाउँछन् ।

कम्पनीले हकप्रद सेयर जारी गर्न २०७७ चैत १२ गते धितोपत्र बोर्ड (सेबन)मा आवेदन दिएको थियो । सेबनले २०७८ जेष्ठ ९ गते हकप्रद सेरका लागि स्वीकृति प्रदान गरेको थियो ।

हकप्रद सेयरका लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको २०७७/७८ को त्रैमासिक परिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा घटेको छ । कम्पनीको खुद नाफ २०.९४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ८० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने गत वर्ष ६३ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स