काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बलेफी हाइड्रोपावरको सेयर सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ९३.६४ रुपैयाँ र अधिकतम २८०.९२ रुपैयाँ तोकेको छ ।
आज मंगलबार सेयर सूचीकृत भएसँगै बुधबार बाट कम्पनीको सेयर खरिद बिक्री गर्न सकिने छ ।
जसको लागि कम्पनीको सिम्बोल ‘बीएचल’ रहेको छ ।