नेप्सेमा एक फाइनान्स सहित दुई कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।

जसअनुसार, साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत दरका २ लाख ३० हजार ४८२ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

त्यस्तै, सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत दरका ६ लाख ७८ हजार ३९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स