रिभर फल्स पावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौं । रिभर फल्स पावरको आईपीओ बाँडफाँड भएको छ । आईपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलकै कार्यालयमा दिउँसो ४ बजे बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १८ लाख ५९ हजार २४२ जना आवेदकबाट २ करोड १३ लाख ९४ हजार ६३० कित्ताको लागि आवेदन परेको छ । त्यसमध्ये ४९ हजार ९८३ जनाको आवेदन रद्द भएको क्यपिटलले जनाएको छ ।

त्यस अनुसार १८ लाख ९ हजार २५९ जनाको मात्रै योग्य आवेदन परेको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गर्दा २ लाख ५३ हजार ८९० जनाले सेयर पाएका छन् ।

यस हिसाबमा आवेदन दिएका मध्ये १६ लाख ५ हजार ३ सय ५२ जना आवेदक हात खाली भएका छन् ।

आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

जस अनुसार बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/

सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login

सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/

रिभर फल्स हाइड्रोको वेबसाइट www.riverfallshydro.com.np/ बाट हेर्न सकिने छ ।

कम्पनीले बैशाख २८ गतेदेखि आईपीओ बिक्री खुल्ला गरेको हो । कम्पनीले सर्वसाधारणका लागि २५ लाख ३८ हजार ९०० कित्ता आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो सेयरमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि हो भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ ।

सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स