भोलिबाट अपर हेवाखोला हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (जेठ १०) गते देखि आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।

आईपीओमा छिटोमा जेठ २४ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन सकिने छ ।

सेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ।

कम्पनीलाई नेपाल धितोपत्र बोर्डले बैशाख २२ गते आईपीओ निष्काशनको लागि अनुमति दिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स