ब्रोकर कमिशनको लोभमा एओएन हटाइएको खुलासा

काठमाडौं । सेयर बजारमा कारोबार हुँदै गर्दा प्रयोग आउने ‘एओएन’ अप्सन जुन कारोबारको सवालमा खरिद वा बिक्री दुबैको पक्षमा समान रुपमा लागू हुनुपर्ने हो ।

लामो समयदेखि बिक्रीको लागि मात्रै एओएन सुविधा लगाइएको छ । तर, खरिदमा भने यो एओएन सुविधा हटाइएको छ । यसले गर्दा समान प्रकृतिको कारोबारमा पनि कमिशनमा अन्तर र सेयर बजारलाई नै अन्तरघात गरिएको छ । खरिदमा एओएन व्यवस्था हटाइएदेखि सेयर बजार निरन्तर ओरोलो लागि रहेको छ । यो भित्रि रहस्यमा मुख्य भूमिका खेल्ने ब्रोकरहरू नै भएको खुलासा भएको छ ।

खरिदमा एओएन राख्दा खरिदकर्ताले आफूले चाहेको मूल्यमा एकमुष्ठ खरिद गर्न चाहेका मात्र खरिद हुन सक्छ । थोरै थोरै टुक्रा गरेर कारोबारमा म्याचिङ हुन सक्दैन । जसले गर्दा बजारमा स्वभाविक उचार चढावमा कमि आउन सक्छ । यो परिस्थितिलाई राम्रोसँग बुझेका केहि ब्रोकर र ब्रोकर एसोसिएनको मिलिमतोमा यो व्यवस्थालाई निरन्तरता दिएको बुझिन आएको छ ।

एओएनमार्फत एकमुष्ठ कारोबार हुँदा कारोबारको कमिशनको दर रेट कम कमिशनमा कारोबार हुन्छ । तर, टुक्रिएर सानो सानो कित्तामा कारोबार हुँदा ब्रोकरले अधिकतम कारोबार शुल्क ०.४० पैसा लिन पाउने हुनाले स्वयम् ब्रोकर र ब्रोकर एसोसिएशन नै खरिदमा एओएन व्यवस्थालाई लागू गर्न नचाहेको बुझिएको छ । यो कारोबारको असमान नीतिले सेयर बजार निरन्तर ओरोलो लाग्न मद्दत गरिरहेको छ ।

तर, लागनीकर्ताहरूको अनुरोधलाई नेपाल स्टक एक्चेन्जले सुनेको नसुनै गरी वेवास्ता आइरहेको छ । समान नीति लागू नगर्नको लागि ब्रोकरहरू कै दवाव रहेको बुझ्नमा आएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स