काठमाडौं । सेयर बजार खोलेको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ ।
शुक्रबार, नेप्से परिसूचक १५.८२ अंकले घटेर २२३५.०९ अंक विन्दुमा आइपुगेको छ ।
आज २५ लाख २४ हजारको कित्ता सेयर ९३ करोड २२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।
आज ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३९ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।