काठमाडौं । सेयर बजार खोलेको तेस्रो दिन हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ८.९० अंकले घटेर २२७४.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज ३१ लाख ५६ हजारको कित्ता सेयर ६३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ ट्रेडिङ, नन् लाइफ इन्सोरेन्स, मनु एण्ड प्रो, लाइफ इन्सोरेन्स र म्यूचल फण्ड बाहेक सबैमा हरियाली देखिएको छ ।
आज १२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।