काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक १८.६४ अंकले घटेर २३५०.४२ अंक विन्दुमा आइपुगेको छ ।
आज ५२ लाख २७ हजारको कित्ता सेयर २ अर्ब ३२ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।
आज ३४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।