मानुषी लघुवित्तको सेयर भोलि बाँडफाँड हुने, सेयर भर्ने ९५.४७ प्रतिशत आवेदकको हात खाली

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले भोलि सोमबार सेयर बाँडफाँड गर्ने भएको छ । लघुवित्तले सोमबार बिहान ८.३० बजे सर्वसाधारणको लागि निष्काशन गरेको सेयर बाँडफाँड गर्न लागेको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जानकारी दिएको छ ।

मानुषी लघुवित्तको आईपीओमा २४ लाख भन्दा बढीले आवेदन दिएका छन् । आवेदन बढी परेकोले गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता सेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता सेयर पाउनेछन् ।

माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले सेयर वितरण हुनेछ । लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो ।

त्यसमध्ये कर्मचारीहरूका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरिएको छ । संस्थाले ३ लाख ६८ हजार ५९३ कित्ता सेयर सर्वसाधारणहरूका लागि निष्काशनमा ल्याएको थियो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको प्राथमिक सेयर निष्कासन गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स