अर्थतन्त्रमा सुधारको संकेतसँगै छायो सेयर बजारमा हरियाली

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ५६.०६ अंक बढेसँगै २३६९.०६ अंकमा नेप्से परिसूचक बन्द भएको छ । लगातार चौथो दिन बढेको सेयर बजार २.४२ प्रतिशतले बढेको हो । केहि महिनादेखि लगातार बिग्रदै गएको नेपालको अर्थतन्त्र पछिल्लो महिनामा केही स्थिर र सुधारोन्मुख रहेको तथ्यांकहरू बाहिरिएको छ ।

आज राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको अर्थतन्त्र तथा वित्तीय अवस्थाको झलकमा यस्तो देखिएको हो । त्योसँगसँगै १ साता अगाडि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्न सक्छ सामना गर्न तयार हुनु भन्ने अभिव्यक्तिले नेप्से परिसूचकलाई ११७ अंक ओर्लिन मद्दत गरेको थियो । त्यो एक साता पनि नबित्दै बैकर संघले भद्र सहमति गर्दै अहिलेको परिस्थितिमा ब्याजदर बढाउनु औचित्य नहुनुभन्दै बैशाख महिना कै ब्याजदरलाई निरन्तर गर्ने समाचार बाहिरिएसँगै गभर्नर अधिकारीको भनाइ मित्था र झुठा सावित भएको छ ।

नियामक निकायमा बसेर पनि खेलाचीपूर्ण तरिकाले हचुवाको भरमा दिएको अभिव्यक्तिलाई वास्तविकताले तथ्यहिन बनाइ दिएको छ । योसँगै गभर्नरको बोली व्यवहारप्रति नै शंकाको दृष्टिकोण उब्जिएको छ ।

तथ्यविहिन तरिकाले ब्याजदर वृद्धिगर्न खोज्दा आवश्यकता र औचित्य नभएको भन्दै बैकर्स संघले उक्त भनाइलाई खण्डन हुनेगरी लत्याइ दिएका छन् । यसभन्दा अगाडि पनि गभर्नरले मौखिम रुपमा बैंकरहरूलाई बोलाएर ब्याजदर बढाउन दवाव दिई औपचारिक कार्यक्रममा के आधारमा हामीलाई जानकारी नै नगराई किन ब्याजदर बढाउनु भयो भनेर प्रतिप्रश्न गरेको दोहोरो चरित्रको तथ्य बाहिरिएको थियो । यसबाट नै पुष्टि हुन्छ गभर्नरले अर्थतन्त्रमा कस्तो रणनीति लिएका छन् भन्ने बारेमा ।
आज सेयर बजार बढ्नुमा देशको अर्थतन्त्र तथा वित्तीय अवस्थासँगै ब्याजदर नबढ्ने भद्र सहमतिको समाचारले सेयर बजारका लगानीकर्ताहरूलाई उत्साहित बनाएको छ । त्यसैको फलस्वरुप तल्लो विन्दुबाट फर्कदै गरेको सेयर बजार ५६.०६ अंकले वृद्धि भई २३६९.०६ विन्दुमा नेप्से परिसूचक बन्द भएको छ ।

प्राविधिक रुपमा पनि २३६० को प्रतिरोधलाई छिचोलेर कारोबार बन्द भएको छ । योसँगै लागनीकर्तामा अझै उत्साह थपिएको छ । सेयर बजारको चक्रिय प्रणालीलाई हेर्दा चैत बैशाख महिनामा तरलता अभावसँगै नेप्से परिसूचक पनि तल्लो विन्दुमा आईपुग्ने र आर्थिक वर्षको अन्त्य र पुँजीगत खर्चको साथसाथै तरलता सहज हुने र पुँजीबजार उकालो लाग्ने देखिएको छ । त्यसैको निरन्तरता स्वरुप अहिलेको परिस्थितिलाई पनि नियाल्न सकिन्छ ।

नजिकिदो चुनाव र चुनावका भएको खर्च बैकिङ प्रणालीमा आउने भएसँगै तरलतामा सहज हुने र जेठ १५ मा आउने बजेटमा सेयर बजारसम्बन्धी सकारात्मक विषयवस्तु समेटिने विश्वाससँगै सेयर बजार उकालो लागेको देखिन्छ ।

साउन भदौ महिनामा कम्पनीहरूले लाभांश घोषणा गर्ने हुनाले पनि तेस्रो त्रैमासको वित्तीय प्रतिवेदन हेर्दै लगानीकर्ताहरू लगानी गर्न उत्साहित भएको पाइन्छ । विगतका आर्थिक वर्षहरूमा पनि नेप्से परिसूचक साउन भदौ महिनामा माथिल्लो विन्दुमा पुगेको इतिहासहरू छन् । विगत आर्थिक वर्षको भदौ ३ गते नेप्से परिसूचकले ३२२७ विन्दुलाई चुमेर सेयर बजार ओरोलो लागेको थियो ।

यो क्रमसँगै सेयर बजार ९ महिनादेखि त्योभन्दा तल्लो विन्दु मै कारोबार भइरहेको छ । अर्थतन्त्रको सुधारसँगै लगानीकर्ताको त्योभन्दा माथिल्लो विन्दुमा नेप्से परिसूचक पुग्ने अनुमान गर्दै लगानी बढाइरहेको देखिन्छ ।

हिजो मंगलबार एक लगानीकर्तालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाम्रो सरकार आयो भने पुँजी बजारका तमाम समस्याहरू समाधान गरी अर्थतन्त्रलाई छिट्टै नै ट्याकमा ल्याउने छौं नआत्ति लागनी गर्दा हुन्छ भन्ने खालको समाचार आएसँगै सेयर बजारमा अझ उत्साहित तरिकाले हरियाली छाउन सुरुवात गरेको थियो । त्यसैको निरन्तरता स्वरुप नेप्से परिसूचक र कारोबार रकम दवैमा वृद्धि भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स