सेयर बजारमा हरियाली, यी कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

बुधबार, नेप्से परिसूचक ५६.०६ अंकले बढेर २३६९.०६ अंक विन्दुमा आइपुगेको छ ।

आज ५३ लाख ३३ हजारको कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ ।

आज १९२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेशनल हाइड्रोपावर, नेपाल फाइनान्स, सिर्नजी पावर डेभलपमेन्ट, राधी विद्युत कम्पनी, युनिर्भसल कम्पनी, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, गणपती लघुवित्त (९.९९%), युनियन हाइड्रोपावर (९.९९%), वरुण हाइड्रोपावर (९.९८%), फवार्ड माइक्रो फाइनान्स लघुवित्त (९.६१%), इमर्जिङ नेपाल (९.०७%), अरुण कावेली पावर (९.०३%), पाँचथर पावर कम्पनी (९.०१%) को सर्किट लागेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स