मर्जरपछि सुर्योदय वोमी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।

साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज भएपछि कायम हुन आएको ७९ लाख १९ हजार ८ सय ४८ कित्ता सूचीकृत भएको हो ।

सविक वोमी लघुवित्तको ४९ लाख ४३ हजार ३३३ कित्ता र सूर्योदय लघुवित्तको २९ लाख ७६ हजार ५१६ कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको सुर्योदय लघुवित्त र ओमी लघुवित्त मर्ज १ बराबर एकको स्वापमा मर्ज भएका हुन् ।

सेयर सूचीकृत भएसँगै अब सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको (SWMF) सिम्बलबाट कारोबार हुने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स