दोर्दी खोला जलविद्युतको आईपीओमा जेठ ५ गतेसम्म आवेदन दिन सकिने

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले बैशाख १३ गतेदेखि आइपीओ निष्काशन गरेकोमा अब आवेदन दिने समय थप गरेर जेठ ५ गतेसम्म पुर्याएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्काशन गरेको हो । सो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ । अधिकतममा १० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकको बेसीसहर शाखा, ग्लोबल आइएमई बैंकको दोर्दी शाखा, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एनएमबि बैंकको बेसीसहर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स