बरुण हाइड्रोपावर र ङादी ग्रुपले पायो हकप्रद निष्काशनका लागि विद्युत नियमन आयोगको अनुमति

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी र ङादी ग्रुप पावर लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ ।

बरुण हाइड्रोले हाल कायाम चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार ५ सय रुपैयाँ बराबरको १:१ अनुपातमा अर्थात् शतप्रतिशत हकप्रदको लागि आयोगबाट अनुमति पाएको हो ।

त्यस्तै ङादी ग्रुप पावर लिमिटेडले हाल कायम चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १:१.५ को अनुपातमा अर्थात् १५० प्रतिशत हकप्रदको लागि आयोगबाट अनुमति पाएको हो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीको सम्पूर्ण विवरण र प्रक्रिया हेरेर स्वीकृत दिएपश्चात् कम्पनीले सर्वसाधारणहरुमा शतप्रतिशत हकप्रद जारी गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स