१२ अंकले बढ्यो नेप्से, १ अर्ब ३९ करोडको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार, नेप्से परिसूचक १२.२७ अंकले बढेर २२६८.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज ३३ लाख २४ हजारको कित्ता सेयर १ अर्ब ३९ करोड ६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम, डेभलपमेन्ट बैंक, लाइफ इन्सोरेन्स, इन्भेष्टमेन्ट बाहेक सबैमा हरियाली देखिएको छ ।

आज ११४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७१ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स