निरन्तर घटेको सेयर बजार बाउन्स ब्याकमा

काठमाडौं । ९ महिनादेखि ३२२७ अंक पुगेको नेप्से परिसूचकबाट निरन्तर घटिरहेको बजार आज लगभग आइतबार २२०४ विन्दुमा आएर बाउन्स ब्याक लिएको छ ।

यो करिब ३१ प्रतिशतको घटाइपछिको बाउन्स ब्याक हो । विगत अघिल्लो बुलमा १८८८ बाट १०९८ सम्मको विन्दुमा छोएर करिब ४२ प्रतिशतको वियरिसलाई सकेर नेप्से परिसूचकले ३२२७ को उचाइलाई चुमेको थियो । हाल ३२२७ बाट २२०४ सम्म करेक्सन हुँदा सेयर र सम्पूर्ण सामाजिक सञ्जालहरूमा नेप्से पुनः वेयरिसमा जाने भयो भन्दै कोलाहाल मच्चिएको थियो ।

केहि दिन अगाडि एउटा सार्वजनिक कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर तत्काल बढ्रदै छ, सामाना गर्न तयार हुनुहोस् भन्ने अभिव्यक्ति दिएपछि ४ दिन निरन्तर सेयर बजार घट्दा सेयर बजारमा १३७.५५ अंकको ठूलो गिरावट आएकोे थियो । उच्च ओहोदामा बस्ने व्यक्तिले हचुवाको भरमा बिना प्रशंग अफवाहहरू फैलाइदिँदा त्यसको प्रतिक्रिया स्वरुप नेप्सेमा यति ठूलो पेनिक सिर्जना भएको थियो ।

तर, आज ४ दिन अगाडि बोलेको कुरा प्रमाणित नहुने देखिएको छ । बैकिङ च्यानलामा तरलता सहज हुने सामाचार आएपछि सेयर बजारको निरन्तर घटाइमा ब्रेक लागेर पोजेटिभ यात्रामा अगाडि बढेको छ । यसैको फलस्वरुप २२०४.३७ पुगेको नेप्से परिसूचक त्यहि बिन्दुलाई सपोट बनाएर २२५६.५५ अंकमा १७.९५ अंकको वृद्धिसँगै बन्द भएको छ ।

चार दिनपनि नटिक्ने अफवाह फैलाएर स्वयम् गभर्नर नै अर्थतन्त्रलाई प्रयोगशालाको खेल सम्झिरहेका छन् । उनको एक अभिव्यक्तिले अर्थतन्त्रमा धेरै फरक पर्दछ । तर, उनले त्यसको ख्याल नगरी बोलेको देखिन्छ । त्यसैको उदाहरण स्वरुप आज मिडियाहरू ब्याजदर नबढ्ने समाचार प्रकाशित भएको थियो ।

निरन्तर अफवाहले घटेको सेयर बजारमा ब्याजदर नबढ्ने भन्ने समाचारले मलपट्टी गरेको देखिन्छ । यता सेयर बजारमा भने सोसल मिडिया क्लब हाउसहरूमा सेयर बेचेर बसेका ठूला खेलाडी नै बजार घटाउन लागि परेकाले अब खरिद बिक्री नै बन्द गरौं भन्दै क्लब हाउसमा केहि लगानीकर्ताहरूले अभियान कै रुपमा दुईदिनदेखि निरन्तर खवदारी गरेका थिए । टेक्निकल रुपमा पनि २१९७ विन्दु पिबोनेची टेक्निकल टु्ल्सबाट स्टङ सपोर्ट देखाएको थियो ।

त्यो विन्दुभन्दा माथि २२०४ बाटै बजारले बटम लगाएर बाउन्स ब्याक गरेको देखिन्छ । सेयर बजारमा विभिन्न अफवाह र सकारात्मक सामाचारहरूको रिफेक्शनको रुपमा सेयर बजारले गति तय गर्नेछ । त्यसैको फलस्वरुप आजको कारोबारलाई लिन सकिन्छ ।

बैंकले सेयर धितो कर्जाको मार्जिन कलले गर्दा पनि सेयर बजारको कारोबारलाई पेनिक बनाएको थियो । अब सेयर बजारको वृद्धिसँगै यो पेनिक अवस्थाबाट पनि मुक्ति मिल्न सक्छ । जसले सेयर बजारलाई अझ उकालो लाग्न नै मद्दत गर्नेछ ।

हरेक आर्थिक वर्षहरूको चैत बैशाख महिना सेयर बजार न्यूनतम विन्दुमा आउने महिना हो । यहाँ तल्लो विन्दु लागइसकेपछि र तेस्रो त्रैमासिकको वित्तीय विवरणहरू आइसकेकपछि ती प्रतिवेदनहरूको अनुमानको आधारमा कुन कम्पनीले कति लाभांश दिन सक्छ त्यसको आकलन गर्दै लगानीकर्ताहरूले आफ्नो लगानीमा वृद्धि गर्न थाल्दछन् र फलस्वरुप सेयर बजार उकालो गाग्दै गरेको ट्रेन देखिन्छ ।

अहिले यो परिस्थितिमा त्यसैको ट्रेन दोहोरिन सक्छ भन्ने अपेक्षा गर्न सकिन्छ । निकट समय मै आइरहेको सरकारको नीतिको तथा कार्यक्रममा पनि सेयर बजारका सुधारलाई व्यापक रुपमा समेटिने चर्चा परिचर्चासँगै सेयर बजारमा सकारात्मक माहोल सिर्जना भएको छ ।

बैकिङ च्यानलमा दुई तीनदिन भित्रमा ३ अर्ब निक्षेप थपिएको छ । त्यसले पनि तरलतालाई केही सहज गरेको सकारात्मक प्रभाव परेको छ । निरन्तर घटेर तल्लो विन्दुमा आएको नेप्से परिसूचक यी विविध सकारात्मक विषय वस्तुसँगै वृद्धि हुनेमा लगानीकर्ताहरू आशावादी रहेको देखिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स