काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक १७.९५ अंकले बढेर २२५६.५७ अंक विन्दुमा आइपुगेको छ ।
आज ३३ लाख ४१ हजारको कित्ता सेयर १ अर्ब ३२ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ बैकिंङ, माइक्रो फाइनान्स बाहेक सबैमा हरियाली देखिएको छ ।
आज १३६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५२ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।