आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आज (बैशाख २५) गतेदेखि आईपीओ बिक्री खुल्ला गरेको छ ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित कास्कीको मादी गाउँपालिकाका वडा नम्बर १,२,३,४, ६ र ७ का स्थानीयलाई सेयर निष्काशन गरेको हो ।

कम्पनीले यी ठाउँका स्थानीयलाई ९ लाख कित्ता सेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

आईपीओमा स्थानीयले छिटोमा जेठ ८ गतेसम्म र ढिलोमा २३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धकको रुपमा रहेको छ।

कम्पनीले स्थानीयलाई सेयर निष्काशन गरेपछि सर्वसाधारणलाई सेयर निष्काशन गर्ने छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल २२ करोड पचास लाख रुपैंया बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने छ ।

कम्पनीले कास्कीमा ११.८८ मेगावाटको नामर्जुन मादी आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पदन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स