कालिञ्चोक केबलकारले स्टार होटल सञ्चालन गर्न आईपीओ जारी गर्दै

काठमाडौं । दोलखाको कुरीमा सञ्चालित कालिञ्चोक केबलकारले आईपीओ निष्काशन गरेर आएको रकमबाट स्टार होटल सञ्चालन गर्ने भएको छ । कम्पनीले होटल बनाउने पुँजी जोह गर्न आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओबाट जम्मा भएको रकमले केवकारमा गोण्डुला थप्नेदेखि स्टार लेभलको होटल सञ्चालन गर्ने निर्णय भएको छ । ३५ वटा कोठ भएको होटल निर्माण गर्ने प्रस्ताव गरिएको छ ।

साढे २९ करोड चुक्ता पुँजी रहेको कालिञ्चोक केबलकारले १२ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले आईपीओ निष्काशन प्रयोजनका लागि कम्पनीको रेटिङ गराएको हो । कम्पनीले एनपी डबल बी रेटिङ पाएको छ ।

८५ जना संस्थापक सदस्य रहेको उक्त कम्पनीमा प्रवद्र्धकहरूको साढे १८ करोड रुपैयाँ लागनी रहेको छ । सो कारण कम्पनीले १२ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । गत वर्षको भन्दा यो वर्ष केबलकारको आम्दानी बढ्ने भएको छ ।

सन् २०२२ मा आम्दानीमा सुधार आएको केबलकारले जनाएको छ । यो वर्ष सुरु भएपछि यात्रुको संख्यामा वृद्धि भएपछि कम्पनीको आम्दानी २ करोड १० लाख रुपैयाँ बढेकोे छ । यसबीचमा ५० हजार पर्यटकले केबलकार चढेका छन् ।

कुरी उपत्यकाबाट कालिञ्चोकसम्म १ किलोमिटर लामो केबलकारमा ४ वटा गोन्डोला रहेका छन् । प्रतिघण्टा १९२ यात्रु ओसारपसार गर्ने क्षमता रहेका उक्त केबलका।मा थप २ वटा गोण्डुला थप गर्ने योजना कम्पनीको रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स