सातामा ५ दिन नै सेयर कारोबार सञ्चालन गर्न शुक्रबार बजार खुल्न दिने बोर्डको निर्णय

काठमाडौं । जेठबाट पनि सेयर बजार शुक्रबार खुल्ने भएको छ । शुक्रबार पनि बजार खोल्न पुँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल स्टक एक्चेन्ज (नेप्स)ेलाई निर्देशन दिएको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताएका थिए ।

सरकारले सातामा दुई दिन शनिबार र आइतबार सार्वजानिक विदा दिने भएपछि सेयर बजार ४ दिन मात्रै खुल्ने अवस्था आएको थियो । किनकी हाल शुक्रबार सेयर बजार खुल्दैन । ४ दिन मात्रै शेयर बजार खोल्नु उपयुक्त नहुने भन्दै हमालले शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको बताए ।

प्रतिक्रिया

1 COMMENT

  1. शेयर बजार ६ महिना बन्ध गर्न पर्छ, जति खाेल्याे, उति चाैपट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स