शुक्रबार । नेपाल उद्योग वाणिज्य महासंघको भवनमा भएको घट्दो सयेर बजार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल पनि सहभागी भएका थिए । उनले भने पहिलो पटक नेपाल सरकारले यस्तो नियुक्त्ति गरेको छ, धेरै साथीहरु अचच्ममा पर्नु भयो म आफै पनि चकित भएको थिए ।
म निजी क्षेत्रबाट आएको र निजी क्षेत्रको समस्या अझ धेरै बुझन सक्छु । निकै उत्साहित र सकरात्मक देखिएका हमालले परिपक्क पुँजी बजार सम्बन्धी महासंघले आयोजना गरेको कार्यक्रममा यस्तो भने:
–आईपीओमा वैदेशिक श्रमिकहरूको लागि कोटाको व्ब्यवस्था दुई महिना भित्र गर्छौ
-बुक बिल्डिङको तरिका यति निष्पक्ष बनाछौँ कि नेगेटिभ न्यारेटिभ पोजेटिभमा फैलियोेस् ।
–अहिले टेक्नोलोजिको जवनामा म्यानुएल्ली पेन्सिल लिएर यो डकुमेन्ट आयो त्यो आएन भनेर सम्भव छैन ।
–फोरेन्सिक एकाउन्टेनको पनि जरुरी छ । नेपालको लागि नयाँ अवधाराण भएपनि अव आवश्यकता छ ।
–७० प्रतिशत साक्षरता भए पनि वित्तीय साक्षरता जम्मा १८ प्रतिशत छ । यसलाई बढाउनु एउटा प्रमुख एजेन्डा मध्य एक हो ।
–वित्तिय साक्षरता नभएर एउटा सामाजिक सञ्जालको पोष्टले पनि उतार चढाव ल्याउँछ ।
–टास्क फोर्स बनाएर राष्ट्र बैंकका टोलीहरूसँग घट्दो बजारमा नेचूरल इन्सेटिभ ल्याउनका लागि हामी काम गरि रहेका छौँ ।