१३ खर्बभन्दा बढीले बजार पुँजीकरण घटेको छः अम्बिका पौडेल

काठमाडौं । महासंघ पुँजी बजार फोरमका सभापति अम्बिका पौडेलले नेप्से १६ महिनामा यताकै न्यून बिन्दुमा आएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंले आज आयोजना गरेको ‘परिपक्व पुँजी बजार सम्मेलन’ उनले पुँजी बजार हेर्ने सरकारको फरक दृष्टिकोण भएको बताए ।

‘पुँजी बजारबाट कसरी समृद्धि प्राप्त हुन्छ, यसमा आवद्ध ठूलो संख्या कसरी लाभान्वित हुन्छ भनेर सोच्नुपर्ने तर त्यसो हुन सकेको छैन,’ उनले भने ‘गएको वियरिभस ट्रेन्डमा ४२ प्रतिशत घटेको नेप्से अहिले ८ महिनामा ३० प्रतिशतभन्दा बढीले घटेको छ,’ उनले भने ।

यो अवधिमा १३ खर्बभन्दा बढीले पुँजीकरण घटेको छ । सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण बजार घटेको उनले आरोप लगाए । नेपालको बजारमा उपकरण पर्याप्त छन् ? यसमा पनि छलफल आवश्यक रहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स