नियामक निकायलाई महासंघ अध्यक्ष गोल्छाको प्रश्नः सेयर बजारमा समस्या लगानी धेरै भएर हो कि नभएर हो ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सेयर बजारमा समस्या लगानी धेरै भएर हो कि या लगानी योग्य पुँजी नभएर हो भनेर प्रतिप्रश्न गरेका छन् । आज शुक्रबार महासंलले आयोजना गरेको कार्यक्रममा महासंघ अध्यक्ष गोल्छाले सेयर बजार के भएको हो लगानी योग्य पुँजी नभएको हो भनेर नियामक निकायलाई सोधेका छन् ।

परिपक्क पुँजी बजार सम्मेलनमा उनले नियामक निकायको आँखा सेयर बजारमा परेको बताएका हुन् । ‘अर्थतन्त्रको दवाव पुँजी बजारमा परेको हो,’ उनले भने आर्थिक गतिविधिसँगै कर्जाको माग बढेको थियो ।’

घरजग्गा, पुँजीबजारमा स्वभाविक रूपमा माग बढ्यो, आर्थिक वर्षको सुरूको जस्तै आर्थिक गतिविधि रहेको भए चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हुने अवस्था रहे पनि तरलता अभावसँगै सबै क्षेत्र प्रभावित भएको उनको भनाइ छ ।

लगानी योग्य पुँजी अभाव भएपछि बजार पनि त्यसबाट प्रभावित भएको उनले बताए । ‘तरलता अभावसँगै कर्जाको ब्याजदर बढ्यो, निक्षेपको ब्याजदर बढ्दा लगानीमा प्रभाव पर्यो भने मार्जिन प्रकृति (सेयर धितो कर्जा) मा प्रतिव्यक्ति सीमाले प्रभाव पर्यो,’ उनले भने ।

उनले पुँजीबजारमा सचेताना बढेको देखिएको बताए । कोभिडमा सबै क्षेत्र ठप्प हुँदा पनि पुँजीबजार सकारात्मक भएको भन्दै अहिले बैंकिङ प्रणाालीमा तरलता अभावको कारण महँग कर्जा र निक्षेपको ब्याजदरमा भएको वृद्धिको प्रभाव बजारमा परेको उनले बताए ।

उनले परिपक्व नयाँ उपकरण ल्याउन जरूरी रहेको तथा वास्तविक क्षेत्रलाई बजारमा ल्याउन आवश्यक औजार ल्याउनु पर्नेमा जोड दिए । उनले इन्ट्रा डे, सर्टसेल जस्ता औजार बजारमा प्रवेश गराउनुपर्ने बताए । यस्तै संस्थापक सेयर पनि साधारण सेयर सरह कारोबार गर्न पाउनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स