जेठदेखि शुक्रबार पनि सेयर कारोबार हुने

काठमाडौं । जेठदेखि शुक्रबारपनि सेयर कारोबार हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले जेठदेखि शुक्रबार पनि सेयर कारोबार हुने बताएका हुन् ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा बोर्ड अध्यक्ष हमालले सो कुरा बताएका हुन् ।

यसअघि हरेक शुक्रबार सेयर कारोबार बन्द हुँदै आएको थियो ।

सरकारले जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि धितोपत्र बोर्ड अध्यक्ष हमालले सोमबारदेखि शुक्रबारसम्म पाँचै दिन सेयर कारोबार हुने बताएका हुन्।

यसअघि शुक्रबार बन्द हुँदै आएको सेयरबजार सञ्चालनका लागि बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई निर्देशन दिईसकेको हमालले जानकारी दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स