काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ अंक विन्दुमा आइपुगेको छ ।
आज ४६ लाख ७४ हजारको कित्ता सेयर १ अर्ब ६५ करोड ४५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबैमा राताम्मै देखिएको छ ।
आज ५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।