रारा हाईड्रोपावरले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने

काठमाडौं । रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

रारा हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडका तर्फबाट संचालक शंकर लाल बैद्य तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

कम्पनीको नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक प्रक्रिया पुरा गरी सेयर निष्काशनको लागि आवेदन दिने योजना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स