पिपुल्स हाइड्रोपावरले आईपीओ निष्काशनको लागि माग्यो अनुमति

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको लागि आवेदन दिएको छ ।

कम्पनीले बैशाख १२ गते आईपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानीयलाई ८० करोड बराबरको ८० लाख बराबरको सेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीले लमजुङमा ४९.६ मेगावाटको सुपर दोर्दी ख हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीले लमजुङमै ५७ मेगावाट हिमचुली दोर्दी आयोजनाको लागि उत्पादन लाईसेन्सको लागि अनुमति माग गरेको छ ।

कम्पनीकोे सेयर निष्काशनका लागि सानिमा क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स