६२ करोड ५० लाख मूल्यको सेयर निष्काशन गर्ने तयारीमा ग्रीन भेन्चर्स

काठमाडौं । ओखलढुंगा र रामेछापको सीमा नदी लिखुमा निर्माणाधीन ५२.२ मेगावाट क्षमताको लिखु–४ जलविद्युत आयोजनाले प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । ग्रीन भेन्चर्स लिमिटेडले ६२ करोड ५० लाख रुपैयाँको सेयर निष्काशन गर्ने तयारी गरेको हो ।

कम्पनीले सो सेयरमध्ये ५० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दा र कर्मचारीका लागि छुट्याएको छ भने बाँकीे ५० प्रतिशत सेयर सर्वसाधारणले पाउने छन् ।

३१ करोड २५ लाख मूल्यको ३१ लाख २५ हजार कित्ता प्रभावित क्षेत्रका बासिन्दा तथा कर्मचारी र ३१ लाख २५ हजार कित्ता सेयर सर्वधारणका लागि निष्काशन गर्न लागिएको हो । कम्पनीले सेयर बिक्री गर्नको लागि लक्ष्मी क्यापिटल लिमिटेडलार्ई तोकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स