सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा

काठमाडौं । सीवाईसी नेपाल लघुवित्तको आईपीओ बाँडफाँड भएको छ । आज बिहिबार बिहान बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा सेयर बाँडफाँड भएको हो ।

आईपीओमा कुल २२ लाख ५ हजार ६ सय ६३ जनाको आवेदन परेको थियो । जस मध्ये ३ हजार २ सय ७२ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका २२ लाख २ हजार ३ सय ६१ जना आवेदकलाई गोलाप्रथामा समावेश गराएर आईपीओ बाँडफाँड गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ९ सय ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । तीमध्ये ८ जनाले थप १ कित्ता सेयर पाउँदा लगानीकर्ताले अधिकतम ११ कित्ता सेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये २१ लाख ६८ हजार ६ सय ८५ जना आवेदक हात खाली भएका छन् ।

आईपीओको नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोसेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र सीवाईसी नेपाल लघुवित्तको वेबसाइट https://cycnlbsl.org.np/ बाट हेर्न सकिने छ ।

मेरोसेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपीओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरोसेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुने छ ।

कम्पनीले बैशाख २ गतेबाट कुल ३ लाख ९५ हजार ३३६ कित्ता साधारण सेयर निष्काशन खुला गरेको हो । यो मध्ये ५५ अर्थात् १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ०.५५ अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

प्रतिक्रिया

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स