काठमाडौं । साताको चौथौं दिन सेयर बजारमा हरियाली छाएको छ ।
बुधबार, नेप्से परिसूचक ५.१७ अंकले बढेर २३७६.१७ अंक विन्दुमा आइपुगेको छ ।
आज २८ लाख ८५ हजारको कित्ता सेयर १ अर्ब ८ करोड ९९ लाखमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, उपसमूहतर्फ बैंकिङ, टे«डिङ, माइक्रो फाइनान्स र म्यूचल फण्ड बाहेक सबैमा हरियाली देखिएको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा १० प्रतिशतको सर्किट लागेको छ ।