काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज ३४ लाख १९ हजारको कित्ता सेयर १ अर्ब ४ करोड ६० लाखमा खरिद बिक्रि भएको छ ।
त्यस्तै, उपसमूहतर्फ म्यानु एण्ड प्रो र म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।
आज ३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५६ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।