अपर सोलु हाइड्रो इलेक्ट्रिकले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिकले बैशाख २२ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई १३ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

यस आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका अर्थात् साविकको टाकसन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुंग, गोराखानी, टाप्टिंग र तिंगला गाविसका सम्पूर्ण वडाको लागि सेयर निष्काशन गर्न लागेको हो ।

आईपीओमा छिटोमा जेठ ५ गतेसम्म र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सकिने छ ।

स्थानीयलाई आईपीओ निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने छ ।

बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आयोजना प्रभावित र स्थानीयलाई गरि ३३ करोड ७ लाख ५० हजार बराबरको ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्ने छ।

कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ।

कम्पनीको बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स