धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको सीईओलाई सेयर खरिद प्रकरणमा छानबिनगरी कारबाही गर्न निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रक्रियामा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेको सीईओ चन्दसिंह साउदलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको छ ।

अर्थ समितिको शुक्रबार बसेको बैठकले बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओ साउदलाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको हो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट सेयर निष्काशन गर्ने तयारीमा रहेको थियो ।

कम्पनीले सर्वसाधरणलाई प्रति कित्ता ७५० रुपैयाँमा सेयर बिक्री गर्न खोजेको थियो ।

अर्थमन्त्री जनार्दन शर्माले पनि मन्त्रालयले आन्तरिक रुपमा छानबिन गरिरहेको र प्रतिवेदनका आधारमा कारवाही गर्ने तयारी भैरहेको जानकारी समिति बैठकमा दिएका थिए ।

मन्त्रालयले सर्वोत्तमको सेयर खरिदबारे स्पष्ट पार्न भनेको तर त्यसको जवाफ चित्त बुझ्ने नआएपछि पुनः स्पष्टीकरण सोधिएको र सोको जवाफ पनि गतिलो नआएपछि छानबिन प्रक्रिया अघि बढाईसकेको मन्त्री शर्माले समिति बैठकमा जानकारी दिएका थिए ।

केहि दिनभित्रै छानबिन प्रतिवेदन आउने र सोही आधारमा कारवाही प्रक्रिया अघि बढाउने पनि उनले जानकारी दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स