दोहोरो अंकले घट्यो नेप्से, जाल्पा लघुवित्तमा सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ३४.९५अंकले घटेर २३८६.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५ लाख ४७ हजारको कित्ता सेयर २ अर्ब ४ करोड २२ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ होटल एण्ड टुरिजम र म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज २७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, जाल्पा सामुदायिक लघुवित्तमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स