कम्पनीहरूले राम्रो रिर्टन दिएका छन्, अहिले सेयर किन्नुस्ः छोटेलाल रौनियार

काठमाडौं । स्थानीय चुनावको सुनिश्चिततासँगै सेयर बजारमा रौनकता आएको छ । भोलि सोमबार स्थानीय चुनावका लागि उम्मेदवार मनोनयन हुने भएकोले सेयर बजारमा नयाँ रौनकता आएको हो । स्थानीय चुनाव हुने निश्चिततासँगै पुँजी बजार सकारात्मक भएको इन्भेष्टर्स फोरम नेपालका पूर्व अध्यक्ष छोटेलाल रौनियारले बताए ।

‘विभिन्न कारणले आम लगानीकर्ताको मनोबल घटेको थियो,’ उनले भने ‘पुँजी बजार ‘माक्स साइक्लोजी’मा चल्ने बजार हो, आउँदो महिनामा बैंकको ब्याजदर कम भयो भने बजार ३२ सय विन्दुभन्दा पनि माथि जान्छ । अहिले लगानीकर्ताहरूको मनोबल अलिकता बढेको छ । बैंकमा तरलता बढ्यो भने बजार माथि जान समय नलाग्ने उनले बताए ।

सबै कम्पनीहरूले राम्रै रिर्टन दिएका कारणले पनि बजार बढाउन सहयोग गरेको उनको ठम्याइ छ । अहिले लगानी गर्ने उचित समय भएको पनि उनले बताए । ‘हाम्रो बजार बढ्दा बढी खरिद हुने प्रचलन छ,’ उनले थपे ‘तर, विकशीत देशहरूमा बजार घट्दा टन्न किन्ने र बढ्दा बेच्ने अभ्यास हुन्छ ।’

लागनीकर्ताहरूले बजार राम्रोसँग बुझ्न नसकेका कारणले पनि यस्तो भएको हो । समग्रमा बजार ४० देखि ४५ प्रतिशतले घटेको छ । ३२ अंक पुगेको बजार घटेर २३ विन्दुमा झर्यो भने ४४ खर्बको पुँजीबजार ३६ खर्बमा सीमित भयो । सो कारणले लगानीकर्ताले ठूलो पुँजी गुमाउनु परेको हो ।

विगत लामो समयदेखि विभिन्न कारणले घटेको बजार अहिले केही शुभ संकेत देखिएको छ । यसैबीच नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएका छन् भने नेपाल स्टक एक्चेन्जमा पनि नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त भएको छ । अर्थमन्त्री र गभर्नरबीचको टसल पनि छताछुल्ल भएर बाहिर आएर नयाँ गन्तव्य लिएको छ । अहिले अर्थमन्त्रीले पुँजी बजारलाई प्रवद्र्धन गर्न सहयोग गरिरहेका छन् । सो कारणले पनि बजार अझ माथि जाने देखिएको हो । प्रचण्ड र ओलीको बोलीले पनि बजारमा केही असर परेको थियो ।

राष्ट्र बैंकले आयातमा कडाइ गरेपछि बैंकमा तरलता सहज हुने अवस्था देखिएको छ । सरकारले चालेको कदमअनुसार हुण्डीबाट कारोबार हुँदै आएको रेमिट्यान्स पनि बैकिंङ च्यानलमार्फत आउने विश्वास गरिएको छ । सो कारणले पनि आगामी दिनमा बजार अझ बढ्दै जाने छ ।

आज आइतबार नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंक विन्दुमा आइपुगेको छ । आज ६६ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाखमा खरिद बिक्रि भएको छ । आज १९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने एउटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स