नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ ।

कम्पनीको ३० प्रतिशत दरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत वर्ष माघ ११ गतेदेखि फागुन २ गतेसम्म १०ः३ को अनुपातमा रुपैयाँ अंकित मूल्य दरका ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

सूचीकृत पश्चात् बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स