उपकार लघुवित्तको आइपीओ भोली बाँडफाँड हुने, २४ लाख ९ हजार जनाको हात खाली

काठमाडौं । उपकार लघुवित्तले निष्कासन गरेको आइपीओ भोली (शुक्रबार) बाँडफाँड हुने भएको छ ।

शुक्रबार बिहान ८ बजे कम्पनीको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ हात्तिसारको कार्यलयमा आइपीओ बाँडफाँड हुन लागेको हो ।

कम्पनीको सेयरमा मागभन्दा १२४.६४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड हुनेछ । जसमा २२ हजार ११५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २४ लाख ९ हजार जनाको भने हात खाली हुनेछ ।

यसमा कुल २४ लाख ३१ हजार १७० जनाले २ करोड ७५ लाख ५६ हजार २३० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ७५ करोड ६५ लाख २३ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ ।

बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स