अपर सोलु हाइड्रोपावरले पायो आइपीओ निष्कासन गर्ने अनुमति

काठमाडौं । अपर सोलु हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट बैशाख ४ गते आइपीओ निष्कासनका लागि अनुमति पाएको हो ।

हाइड्रोपावरले ३३ करोड ७ लाख ७५ हजार रुपैयाँ बराबरको ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पूँजीको २४.५० प्रतिशत आईपीओ जारी गर्न लागेको हो। हाइड्रोपावरले स्थानीय र सर्वसाधरणका लागि प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँका दरले आइपीओ जारी गर्ने छ ।

हाईड्रोपावरको बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स