नेप्से घट्दा पनि सेयर मूल्य बढाउने शीर्ष १० कम्पनी यी हुन्

काठमाडौं । साताको अन्तिम दिन नेप्से घटेको छ । बुधबार उच्च अंकमा पुगेको नेप्से बिहीबार १८.२४ अंकले घटेको छ ।
बिहीबार ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

यी हुन् सेयर मूल्य बढ्ने १० कम्पनी
बिहीबार जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्म सर्किट लागेको छ । आज जीवन विकासको सेयर मात्र सकारात्मक सर्किट लागेको हो । बुधबार कम्पनीको सेयर ३५५१ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार ३९०६.१० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर ३५५.१० रुपैयाँले बढेको छ ।

रिडी हाइड्रोपावर कम्पनीकोे सेयर मूल्य ८.५९ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर ९५५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो भने बिहीबार १०३७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ८२ रुपैयाँले बढेको छ ।

साना किसान विकास बैंकको सेयर मूल्य ७.५१ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर २०२५ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार २१७७ रुपैयाँ पुगेको छ । कमपनीको सेयर १५२ रुपैयाँले बढेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर ६.९५ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर १२३८ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार १३२४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ८६ रुपैयाँले बढेको छ ।

यूनाईटेड इन्स्योरेन्सको सेयर मूल्य ६.३२ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य ७७५ रुपैयाँ र बिहीबार ८२४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४९ रुपैयाँले बढेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स ५.७८ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य ८८३ रुपैयाँ थियो भने बिहीबार ९३४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५१ रुपैयाँले बढ्यो ।

जनरल इन्स्योरेन्स कम्पनी नेपालको सेयर मूल्य ५.७४ प्रतिशतले बढेको छ बुधबार कम्पनीको सेयर मूल्य ७१४ रुपैयाँ र बिहीबार ७५५ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४१ रुपैयाँले बढेको छ ।

अजोड इन्स्योरेन्सको सेयर मूल्य ५.३५ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य ८२३ रुपैयाँ र बिहीबार ८६७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.९३ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य १०९६ रुपैयाँ र बिहीबार ११५० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५४ रुपैयाँले बढेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.८९ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर मूल्य ८३८ रुपैयाँ र बिहीबार ८७९ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४१ रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स