कालिन्चोक दर्शन लिमिटेडको आईपीओ आउँदै

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडको आईपीओ आउने भएको छ । कालिन्चोक दर्शन लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको हो ।

कम्पनीले १ लाख २० हजार कित्ता बराबरको सेयर निष्काशनको अनुमति माग गर्दै सेबोनमा चैत १५ गते आवेदन दिएको हो ।

कम्पनीले आईपीओ निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितसहित सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्द लागेको हो ।
कम्पनीले दोलखाको कालिन्चोकमा केबलकार सञ्चालन गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स