विद्युत नियमन आयोगले लगानीकर्तालाई सचेत गर्दा पनि ५ जलविद्युत कम्पनीको सेयर मूल्य बढ्यो, यी कम्पनीको सेयर मूल्य कसरी बढ्यो ?

काठमाडौं । सेयर बजार अनावश्यक चलखेल गरेर सेयर मूल्य बढाउने जलविद्युत कम्पनीका प्रवद्र्धक र उत्पादकलाई विद्युत नियम आयोगले कारबाही गर्ने भएको छ । आयोगले यस्ता कम्पनीलाई कारबाही गर्ने भनेर सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

आयोगले जारी गरेको सूचनामा जानाजान लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवद्र्धक एवम् उत्पादक कम्पनीविरुद्ध आवश्यक कारवाही चाल्नेछ भन्ने सुनिश्चितता दिलाउन चाहन्छौं भन्ने उल्लेख छ ।

आयोगले लगानीकर्तालाई सचेत गर्दा नेप्सेमा सूचिकृत अधिकांश जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ ।
बिहीबार हाइड्रोपावर उपसमूह १२३.३१ अंकले घटेर ३७५१.१० विन्दुमा पुगेको छ ।

बिहीबार नेप्सेमा रिडी हाइड्रोपावर कम्पनी, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, अरुण काबेली पावर, रुरु जलविद्युत परियोजना र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य बढेको छ ।

जलविद्युत कम्पनीमा सबैभन्दा धेरै रिडी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । रिडीको सेयर मूल्य ८.५९ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर ९५५ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो भने बिहीबार १०३७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ८२ रुपैयाँले बढेको छ ।

सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर ६.९५ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर १२३८ रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार १३२४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ८६ रुपैयाँले बढेको छ ।

करुण काबेली पावरको सेयर मूल्य ३.५३ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर ८०२.२० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार ८३०.५० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य २८.३० रुपैयाँले बढेको छ ।

रुरु जलविद्युत परियोजनाको सेयर मूल्य २.४३ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर १७७० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार १८१३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४३ रुपैयाँले बढेको छ ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ०.९० प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर ६९०.८० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार ६९७ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ६.२० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स