सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन

काठमाडौं । सिवाईसी लघुवित्तको आइपीओमा १४ लाख बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिंङ लिमिटेडका अनुसार आइतबार साँझसम्ममा १४ लाख २८ हजार ४४२ वटा आवेदन परेको जानकारी दिएको छ । जुन माग भएको सेयरको ४४.२४ गुणा बढी हो ।

लघुवित्तको आईपीओमा १ अर्ब ६३ करोड ४४ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ४४ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको हो ।

लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा छिटोमा २०७९ बैशाख ६ गते र ढिलोमा बैशाख १६ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स