नेप्सेमा २ लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ लघुवित्तसहित ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

आइतबार मनकामना स्मार्ट लघुवित्त, छिमेक लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको गरि कुल ५८ लाख ३२ हजार ३ सय ५६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार, मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशतले हुन आउने २ लाख ५ हजार ९ सय ५५ कित्ता बोनस सेयर, छिमेक लघुवित्तको २७ प्रतिशतले हुन आउने ४९ लाख ४१ हजार कित्ता बोनस सेयर, र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको ७.७० प्रतिशतले हुन आउने ६ लाख ८५ हजार ४ सय १ कित्ता बोनस सेयर गरि कुल ५८ लाख ३२ हजार ३ सय ५६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स