नेष्डो समृद्ध लघुवित्तको सेयरमा लगातार सकारात्मक सर्किट, यस्तो छ कारण

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागिरहेको छ । नेष्डोको सेयर लगातार १३ कारोबार सकारात्मक सर्किट लागिरहेको छ । नेष्डोको सेयर दोस्रो बजारमा पहिलो कारोबार चैत १४ गतेदेखि सुरु भएको हो ।

बैशाख ४ गतेसम्म आईपुग्दा कम्पनीको सेयर मूल्य २ हजार ४८८.९ रुपैयाँ पुगिसकेको छ । लगानीकर्ताले २३ हजार ८८९ रुपैयाँ नाफा कमाइ सकेका छन् ।

चैत १४ गते कम्पनीको सेयर मूल्य ७४७.७ रुपैयाँमा पहिलो कारोबार भएको थियो । सोही दिन सकारात्मक सर्किट लागेर कम्पनीको सेयर मूल्य ७९३.३ रुपैयाँ पुगेको थियो । त्यसपछि कम्पनीको सेयर मूल्य निरन्तर सर्किट लागि रहेको छ ।

नेष्डो समृद्ध लघुवित्तको मूख्य कार्यालय पर्वतको कुश्मा नगरपालिका वडा नं. ६, न्यूरोड रहेको छ ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ जारी गरेको हो ।

आईपीओ जारी गर्नु अघि कम्पनीको चुक्ता पुँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रति सेयर नेटवर्थ ३५२.२३ रुपैयाँ रहेको थियो भने चालु आवमा ३६३.११ रुपैयाँ र २०८०/८१ मा ४०७.५९ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।

यस्तै प्रतिसेयर आम्दानी गत आवमा ९४.८८ रुपैयाँ थियो । चालु आवमा १०२.९९ र आव २०८०/८१ मा १३२.८२ रुपैयाँ पुग्ने कम्पनीको प्रक्षेपण छ ।

लगानीकर्तालाई लाभांश वितरण गर्नका लागि कम्पनीसँग ५४ करोड ३ लाख ८१ हजार रुपैयाँ रिजर्भ तथा सरपल्स रहेको छ । चुक्ता पुँजीको तुलनामा २ गुणा बढी रिजर्भ तथा सरपल्स रहेकाले सुरुवाती केही वर्ष कम्पनीले लगानीकर्तालाई उच्चतम प्रतिफल दिन समस्या आउने छ । जसका कारण पनि लगानीकर्ताहरुको आकर्षण नेष्डोमा सेयरमा देखिएको हो ।

कम्पनीको सर्वाधिक सेयर कारोबार भएको आज (आईतबार) भएको छ । आज १३ सय  कित्ता सेयर खरिद बिक्री भएको छ । १२ औं कारोबारसम्म कम्पनीको सेयर एक दिनमा अधिकतम ७६५ कित्ता कारोबार भएको थियो । साथै, बिक्रीको तुलनामा खरिद गर्न चाहाने धेरै भएकाले पनि कम्पनीको सेयर मूल्य बढी रहेको छ ।

कम्पनीको सेयरमा सर्वसाधरणको ३२.५ प्रतिशत र संस्थापकको ६७.५ प्रतिशत स्वामित्व रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स