सिद्धार्थ इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गरेको छ ।

कम्पनीको नेपाल पर्यटन बोर्डको सभाकक्ष भृकृटी मण्डपमा सम्पन्न २०औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब १२ करोडकोे १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत २ अर्ब ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आर्थिक वर्षको साधारण सभाको दिन सम्म कम्पनीले १ अर्ब ९२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि चैत १७ एक दिनका लागि बुक क्लोज गरेको हुँदा चैत १६ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका हुन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स