काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले ५० रुपैयाँ प्रति कित्ता मूल्यको आईपीओ ल्याउने भएको छ । कम्पनीको १३ औं वार्षिक साधारण सभा भदौ २५ गते हुनेछ ।
सभामा कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५५ ले हुने रकम १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले आइपीओ निष्कासन गर्न लागेको हो ।
यस्तै, कम्पनीले ५५ प्रतिशत लाभांश बितरण गर्ने पनि प्रस्ताव पेश हुँदैछ । कम्पनीले २५ प्रतिशत बोनस सेयर र ३० प्तिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा पेस गर्नेछ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल हुँदैछ । यसैगरी, आर्थिक वर्ष २०७८–७९ का लागि लेखा परीक्षक नियुक्त गर्ने पनि सभाको एजेन्डा छ ।