बलेफी हाइड्रोपावरको आईपीओ बाँडफाँड, यसरी हेर्नुस् नतिजा

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आज मंगलबार बिहान ९ बजे बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड भएको हो ।

आईपीओमा २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७ सय १० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये ३ हजार ६ सय ४० जनाको आवेदन रद्द भई २१ लाख ६८ हजार १ सय जना आवेदकको आवेदन मात्र योग्य रहेको क्यापिटलले जनाएको छ ।

जस अनुसार १ लाख ६६ हजार ३ सय ४५ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । यसरी सेयर बाँडफाँड गर्दा ३ कित्ता सेयर बाँकी रहेकोले त्यसलाई पुन बाँडफाँड गरिएको छ । १ लाख ६६ हजार ३ सय ४५ १० कित्ता सेयर पाउने १ लाख ६६ हजार ३ सय ४५ जना मध्येबाट १० कित्ता भन्दा बढी सेयरको लागि आवेदन दिएकालाई गोलाप्रथामा समावेश गराई पुन बाँडफाँड गरिएको छ ।

जसमा ३ जनाले १ कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा ३ जनाले ११ कित्ता सेयर पाएका छन् भने आवेदन दिएका मध्ये २० लाख ५ हजार ३ सय ९५ जना आवेदक हात खाली भएका छन् ।

प्रकाशन भएपछि आईपीओको नतिजा विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ । जस अनुसार ग्लोबल आईएमई क्यापिटलको वेबसाइट www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट र बलेफी हाइड्रोको वेबसाइट https://balephihydro.com/ बाट हेर्न सकिने छ ।

मेरोसेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । केहि घण्टामा आईपीओको नतिजा हेर्न सकिने क्यापिटलले जनाएको छ । मेरोसेयरमा भने केहि ढिलो मात्र नतिजा उपलब्ध हुनेछ ।

म्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

निष्काशन गरिने कुल सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स