उपकार लघुवित्तको आईपीओ भर्ने म्याद १ दिन थपियो

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने म्याद एक दिन थप भएको छ । चैत २७ गते रामनवमी पर्वको सार्वजनिक विदा परेकोले कम्पनीले आईपीओमा आवेदन दिने समय एक थप गरेको हो ।

नयाँ सूचनापछि लघुवित्तको र्आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई २ लाख २६ हजार २५० कित्ता सेयर निष्काशनमा ल्याएको हो । निष्काशन गरिएको आईपीओ जारी पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशत हो ।

सोमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स