गभर्नर निलम्बनलाई स्वीकारेन सेयर बजारले

काठमाडौं । सेयर बजारका विरोधीका रुपमा चिनिएका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्दा लगानीकर्ता अस्वीकार गरेका छन् । गभर्नरका कारण सेयर बजार घटेको भन्दै विभिन्न समयमा सेयर लगानीकर्तासँगहरुले राजनीतामा माग गर्दै आन्दोलन पनि गर्दै आएका थिए । मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैंकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

धेरै लगानीकर्ताहरुले विभिन्न माध्यमको प्रयोग गरेर अब सेयर बजार बढ्ने अभिव्यक्ति पनि दिएका थिए । सुरुवाती कारोबारमा सेयर बजार करिब ५० अंकसम्म बढेको थियो । तर कारोबार समयसँगै सेयर बजार घट्न पुगेको छ ।

सोमबार नेप्से ४५.६५ अंकले घटेर २४१८.७० विन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सूचक जनाउने सेन्सेटिभ इन्डेक्स ९.३८ अंकले घटेर ४५४.३७ विन्दुमा आईपुगेको छ ।

आज २३३ कम्पनीको सेयर ४० हजार ५०७ पटक करोबार भएको छ । ५० लाख ९५ हजार ८३४ कित्ता सेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सबै उपसमूहरु घटेर राता भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह सर्वाधिक ४३२.९२ अंकले घटेको छ ।
इमर्जीङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स